ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मुक्तिनाथ विकास बैंक युरोपियन माइक्रोेफाइनान्स अवार्डबाट पुरस्कृत

२०७७ मंसिर, ७  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) मुक्तिनाथ विकास बैंक बेल्जियमको लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड–२०२०’ बाट सम्मानित भएको छ ।

साना तथा लघु बैंकिङ कार्यक्रममा आबद्ध न्यून आय भएका सदस्यहरूलाई प्रदान गर्दै आएको ग्राहकमैत्री समावेशी बचत सेवाको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनोट समितिले अध्ययन तथा अनुसन्धान गरी बैंकलाई युरोपियन माइक्रोफाइनान्स अवार्डबाट पुरस्कृत गरेको हो । युरोपियन माइक्रोफाइनान्स अवार्डका लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागिता जनाएको बैंकले बताएको छ ।

उक्त प्रतियोगिताका लागि उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंकलगायत वेनिन र इथोपियाका १/१ वटा लघुवित्त संस्था छनोट भएका थिए । बैंकले यो पुरस्कारबापत नगद १ लाख युरो प्राप्त गरेको छ । यो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यहरूलाई डिजिटल बैंकिङमा सहभागी गराउन विभिन्न कार्यहरू गरिने बैंकले जानकारी दिएको छ । बैंकले हाल १ सय ३८ मध्ये १ सय १८ शाखामार्फत साना तथा लघु बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्