ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनएमबी बैंकको भाइबर च्याट र एनएमबी ई–एप सुविधा

२०७७ मंसिर, ७  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । एनएमबी बैंकले अब घरमै बसी भाइबरमा च्याट र एनएमबी ई–एपमार्फत  मुद्दती निक्षेप खाता खोल्ने र नवीकरण गर्न सकिने सेवा सुरु गरेको छ । ग्राहकले २४ सै घन्टा र सातै दिन बचत खाता खोल्न सक्नेछन् भने नया“ खातामा तुरुन्तै खाता नम्बर पाइनुका साथै डिपोजिट पनि तुरुन्तै हुनेछ ।

बचत खाता एनएमबीको सोसल अनबोर्डिङअन्तर्गत खोलिनेछ र मासिक क्रेडिट कारोबारका लागि स्वचालित रूपमा सक्रिय हुन ५,००० रुपैयाँसम्म हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

ग्राहकले पहिलो पटकको कारोबारमा ई–एनएमबी एपको माध्यमबाट ५०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् साथै उही बैंक र अन्य बैंकमा फण्ड ट्र««ान्सफर, केवाइसी अपडेट, ठेगानामा परिवर्तन, वैवाहिक स्थिति, पेसालगायत  सुविधा प्राप्त गर्न सकिने बैंकले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्