ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सेञ्चुरी कमर्सियलको अनलाइन एकाउन्ट सेवा

२०७७ मंसिर, ७  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सेञ्चुरी कमर्सियल बैंकले अनलाइन एकाउन्ट सेवा सुरु गरेको छ । कोभिड–१९ को महामारीले सेवाग्राहीमा पर्न गएको विविध बैंकिङ समस्या समाधान गर्न बैंकले सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लिक एकाउन्ट गरी दुई प्रकारका अनलाइन एकाउन्ट सेवा सुरु गरेको हो ।

ग्राहकले शून्य मौज्दातमा यी खाता खोल्न सक्नेछन् । यी खातामा बैंकले वार्षिक ५.५० प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नेछ । सेञ्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोलेपछि तुरुन्तै पैसा जम्मा गरी सेन्चुरी पेमार्फत वालेटको कारोबार गर्न सक्नेछन् ।

नयाँ सेवामा ग्राहकले विभिन्न डिजिटल माध्यमबाट प्रतिदिन ५ हजार रुपैयाँ बराबरको नगदरहित कारोबार गर्न सक्ने बैंकले बताएको छ । उक्त खातामा वार्षिक रुपमा १ लाख रुपैयाँसम्म कारोबार गर्न सकिनेछ ।

सेञ्चुरी क्लिक एकाउन्टमा नयाँ ग्राहकले अनलाइनबाटै खाता खोल्न र तुरुन्तै पैसा जम्मा गर्न सक्नेछन् । उक्त खातामा वार्षिक रुपमा  १५ लाख रुपैयाँसम्म कारोबार गर्न सकिनेछ । खाता खेल्दा आवश्यक भेरिफिकेसन कोड बैंकले आधिकारिक मोबाइल वा इमेलमा उपलब्ध गराउनेछ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्