ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

रिद्धिसिद्धि सिमेन्टको ‘शिलान्यास रिद्धिसिद्धिसँग’ योजना

२०७७ मंसिर, ७  
बजार
NA

काठमाडौं (अस) । रिद्धिसिद्धि सिमेन्टले ‘शिलान्यास रिद्धिसिद्धिसँग’ योजना ल्याएको छ । निर्माण कार्य गर्नुअघि ग्राहकलाई सिमेन्टको प्रयोग वैज्ञानिक तवरले भौतिक परीक्षण गरी विश्वस्त बनाउने उद्देश्यसहित सो योजना ल्याइएको कम्पनीले बताएको छ ।

योजनामा ग्राहकले कम्पनीसँग सम्पर्क गरी घर निर्माणमा प्रयोग हुने सिमेन्टको निःशुल्क परीक्षण गर्न सक्नेछन् ।

कम्पनीका प्रतिनिधिहरू निर्माणस्थलमै गएर त्यसको निरीक्षण गरेर परीक्षणका लागि नमुना संकलन गरी प्रयोगशाला पठाउनेछन् । सिमेन्टको वैज्ञानिक परीक्षणको शुल्क सुरुमा ग्राहकले नै भुक्तानी गर्नुपर्नेछ ।

परीक्षणको रिपोर्ट नेपाल गुणस्तरले तोकेको मापदण्डअनुरुप नभए सो परीक्षण शुल्क फिर्ता गरिनेछ । नेपाल गुणस्तरले तोकेको मापदण्डअनुरुप भए पहिलो ढलानका लागि खरिद गरिएको सिमेन्टको बिलमा परीक्षण शुल्क घटाइने कम्पनीले बताएको छ ।

योजनामा सहभागी हुन ग्राहकले न्यूनतम १०० बोरा सिमेन्ट खरिद गर्नुपर्नेछ । योजनाको लाभ उठाउन ग्राहकले कम्पनीको निःशुल्क टोल फ्री नम्बर १६६००११२४४४ (नेपाल टेलिकम)÷९८०१५७२११२ (एनसेल) मा सम्पर्क गर्न सक्नेछन् ।

साथै, कम्पनीको आधिकारिक फेसबुक पेजको विज्ञापन क्लिक गरी वा पत्रिकामा प्रकाशित विज्ञापनमा रहेको क्यूआर कोड स्क्यान गरी रिद्धिसिद्धि सिमेन्टको वेबसाइटमा गई त्यहाँ रहेको फारम भर्नुपर्नेछ ।  मंसिर महिनाभर लागू हुने योजना हाललाई काठमाडौं, ललितपुर, भक्तपुर र कास्की जिल्लामा मात्र लागू गरिएको छ । हाल कोभिड–१९ महामारीका कारण यो योजना सीमित जिल्लाका नगरपालिकाहरूमा मात्रै लागू गरिएको कम्पनीको भनाइ छ । आगामी दिनमा यस योजनालाई क्रमिक रुपमा विस्तार गरिने कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्