ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

यातायात व्यवस्था कार्यालय इटहरीको बेथिति

राजस्व काउण्टर बन्द, बन्दको समयको पनि जरीवाना

२०७७ मंसिर, ७  
प्रदेश ०१
NA
author avatar अभियान संवाददाता

सुनसरी । इटहरी–२ शान्तिनगरका मणिकुमार गिरी कोशी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरीमा आफ्नो तीनचक्के सवारीसाधनको जाँचपास नवीकरणका लागि पुगे । तर सर्भर डाउन भएको कारण देखाउँदै उनलाई फर्काइयो । भोलिपल्ट पुनः कार्यालय खुलिसकेपछि पुगेका उनले त्यस दिन पनि सोही समस्याका कारण राजस्व बुझाउन पाएनन् । तीनपटक राजस्व बुझाउन गए पनि केही न केही समस्या देखाउँदै फर्काइएका उनी अहिले राजस्व तिर्न जाँदा जरीवाना लाग्छ भनेपछि मर्कामा परेका छन् ।

कोरोना महामारीका कारण लामो समयदेखिको बन्दाबन्दीले मारमा परेका यातायात व्यवसायीलाई यातायात व्यवस्था कार्यालयको बेथितिले थप सास्ती भएको छ । एकातिर बन्दाबन्दीका कारण राजस्व तिर्न नपाएका व्यवसायीले राजस्वमा लाग्ने विलम्ब शुल्क छूट दिनुप¥यो भन्दै सरकार गुहार्दै छन् भने अर्कोतिर कर तिर्न सरकारले खुला गरेको अवस्थामा पनि यातायात व्यवस्था कार्यालयले विभिन्न बहाना देखाएर ढिलाइ गर्दा विलम्ब शुल्क तिर्न व्यवसायी बाध्य छन् ।

सरकारले असोज १ गतेदेखि सार्वजनिक यातायात सञ्चालन अनुमति दिएसँगै २ महीनाभित्र राजस्व बुझाउने समय पनि तोकिदियो । असोज महीनाभर सवारीसाधन सञ्चालन गरेर केही आर्थिक जोहो गरिसकेपछि कात्तिकदेखि राजस्व बुझाउने तयारी व्यवसायीले गरे । तर यातायात व्यवस्था कार्यालय इटहरीले असोज १२ देखि कात्तिक १४ गते राजस्व बुझ्ने बैंकका कर्मचारी र राजस्व रसिद बुभ्mने एक कर्मचारीलाई कोरोना संक्रमण देखिएको भन्दै सेवा बन्द ग¥यो । कात्तिक १४ पछि राजस्व बुझाउन गएका व्यवसायीलाई त्यसपछि पनि विभिन्न कारण देखाउँदै यत्तिकै फर्काइयो । तर कोरोना संक्रमण देखिएको भन्दै सेवा बन्द रहेको अवधिको राजस्व पनि व्यवसायीले तिर्नुपरेको छ ।

राजस्व तिर्नेको भीड बढ्दै गएपछि यातायात व्यवस्था कार्यालयले ४ दिन मोटरसाइकल, २ दिन अन्य सवारीसाधनका लागि समय तोकिदियो । २ दिनको समयमा पनि विभिन्न बहाना देखाउँदै फर्काइएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ, प्रदेश नं १ का संयोजक सरोज श्रेष्ठले बताए । ‘अन्तिमको एक हप्ता बाँकी रहँदा भीड झन् बढ्यो । त्यसपछि पनि नेट स्लो भन्दै काम भएन,’ उनले भने । सरकारी राजस्व जुनसुकै बैंकमा तिर्न पाउनुपर्ने भए पनि यातायात व्यवस्था कार्यालयले भने एउटै बैंकमा राजस्व तिर्नुपर्ने भनेकाले भीड बढेको उनको भनाइ छ । करीब ६० प्रतिशत व्यवसायीले राजस्व बुझाउन नपाएको उनले बताए । मङ्सिर मसान्तसम्म म्याद थप गरी सेवा प्रवाह क्षमता बढाएर छिटोछरितो तरीकाले सेवा दिनुपर्ने माग व्यवसायीले गरेका छन् ।

कहिले इन्टरनेट सुविधा नहुने, कहिले सरकारी बिदा त कहिले विविध कारणले राजस्व काउण्टर बन्द रहने समस्याले विभिन्न जिल्लाबाट आएका सेवाग्राहीले राजस्व बुझाउन नपाउँदा सास्ती खेप्नुपरेको छ । कोशी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरीका निमित्त प्रमुख हरिप्रसाद लामिछानेले प्राविधिक लगायत कारण काममा ढिलासुस्ती भएको स्वीकार गरेका छन् । सर्भरमा समस्या आएको जानकारी आपूmले पाएको भन्दै उनले सेवाग्राहीको असुविधाप्रति क्षमायाचना गरे । साथै अब केही दिनभित्रै समस्याको समाधान हुने उनले बताएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्