ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भारदहमा ५० शय्याको अस्पताल भवन शिलान्यास

२०७७ मंसिर, ७  
प्रदेश ०२
Image Not Found

राजविराज (अस) । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहमा ५० शय्याको अस्पताल भवनको शिलान्यास गरिएको छ । प्रदेश–२ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले गत बुधवार भवन निर्माणको शिलान्यास गरेका हुन् ।

भ्याटसहित १ करोड १४ लाख रुपैयाँ लागत रहने सो भवन निर्माणको जिम्मा धनदा कन्स्ट्रक्सन पार्ताहाले पाएको छ । सम्झौता भएको मितिले ७ महीनाभित्र निर्माण सम्पन्न भइसक्ने निर्माण कम्पनीका सञ्चालक जितेन्द्रकुमार खड्काले बताए । सो अस्पताल सञ्चालनमा आएपछि भारदह, हनुमाननगर, पोर्ताहा, मधवापुर, सकरदही, बलुवा, कोशी ब्यारेज, भण्टाबारी, हरिपुर लगायत क्षेत्रका सर्वसाधारणले स्वास्थ्य सेवा पाउनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्