ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कुमारी बैंकको २०औं साधारण सभा मंसिर २९ गते, १४ % लाभांश प्रस्ताव

२०७७ मंसिर, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ७, काठमाडौं । कुमारी बैंकको २०औं वार्षिक साधारण सभा मंसिर २९ गते हुने भएको छ । बैंकको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 

सभा कम्पनीको रजिष्टर्ड कार्यालय टंगाल, काठमाडौंमा बिहान ११.३० बजे शुरु हुने भएको हो ।

कम्पनीले कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै अनलाइन भर्चुअलमार्फत सहभागि हुन सक्ने गरी शेयरधनीहरुलाई मिटिङ आईडी पासवर्ड उपलब्ध गराउने व्यवस्था गर्ने जानकारी गराएको छ ।

कम्पनीले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० दशमलव ८५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ३ दशमलव १५ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

साधारण सभाका प्रयोजनका लागि कम्पनीले मंसिर १५ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । यसर्थ लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिनका लागि मंसिर १४ गतेसम्म कायम शेयरधनीहरु योग्य भएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्