ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

स्वाबलम्बन लघुवित्तको संस्थापक शेयर लिलामीमा विक्री खुला

२०७७ मंसिर, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ७, काठमाडौ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको शेयर आइतवारदेखि लिलामीमा विक्री खुला भएको छ । 

कम्पनीले १ लाख २६ हजार कित्ता शेयर विक्री खुला गरेको हो । उक्त शेयर खरीद गर्न इच्छुक आवेदकले पुस १२ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

शेयरको न्यूनतम मूल्य रू. ४९२ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । आवेदकले न्यूनतम कित्ता १ हजार कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन गर्न सक्नेछन् ।विक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्