ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पहिलो घण्टामा ३०.७९ अंकले बढ्यो नेप्से, नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार (१२ बजेको अपडेट)

२०७७ मंसिर, ७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ७, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ३० दशमलव ७९ अंकले बढेर १ हजार ८०८ दशमलव ९२ विन्दुमा पुगेको छ ।

१ हजार ७९१ दशमलव २२ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा १  दशमलव ७३ प्रतिशत बढेको छ ।

पहिलो घण्टाको अवधिमा १८८ ओटा कम्पनीको १६ हजार ६७२ पटकको कारोबारमा ३५ लाख ३४ हजार ३२२ कित्ता शेयरको रू. १ अर्ब ७८ करोड ८३ लाख बराबरको खरीदविक्री भएको छ । 

कारोबारको पहिलो घण्टामा जानकी फाइनान्सको शेयरमूल्य सबैभन्दा बढी ९ दशमलव २१ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता शेयरमूल्य रू. २४९ कायम भएको छ ।  

पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव ५५ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, होटल्स, जलविद्युत, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, वित्त, उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक बढेको । जसमध्ये व्यापार समूहको परिसूचक सबैभन्दा बढी ७ दशमलव ९४ प्रतिशतले बढेको छ ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १८ करोड ६२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू.१ हजार १६५ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्