ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

युनाईटेड इदी–मर्दी एण्ड आरवि हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने  आइतवार अन्तिम दिन

२०७७ मंसिर, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ७, काठमाडौं । युनाईटेड इदी–मर्दी एण्ड आरवि हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिन आइतवारसम्म मात्र रहेको छ ।

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइतवार बैकिंग समयसम्म मात्र कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ । कम्पनीले  गत मंसिर गतेदेखि सर्वसाधारणको लागि आईपीओ विक्री खुला गरेको हो ।

बुधवारदेखि कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ८ लाख ७३ हजार ९१० कित्ता शेयरमध्ये ८ लाख १२ हजार ७३६ कित्ता शेयर सार्वजनिक निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थायिनका लागि पहिलो चरणमा आईपीओ विक्री गरी दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री गरेको हो । 

कम्पनीले स्थानियका लागि कुल ४ लाख २० हजार कित्ता आईपीओ असोज ७ गतेदेखि कात्तिक ६ गतेसम्म विक्री खुला गरेको थियो । स्थानियमा करीब ४२ प्रतिशत मात्र शेयर वितरण भएको छ । कात्तिक १७ गते कम्पनीले स्थानिलाई कुल कित्तामध्ये १ लाख ७६ हजार ९० कित्ता शेयर बाँडफाँट गरेको हो । 

स्थानियमा वितरण हुन नसकेको २ लाख ४३ हजार ९१० कित्ता शेयर समेत जोडर सर्वसाधारणका लागि विक्री गरिएको हो । कुल कित्तामध्ये कम्पनीले ४३ हजार ६९६ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरेको छ भने १७ हजार ४७८ कित्ता कम्पनीको कर्मचारीहरुका लागि छुट्याएको छ ।
 

केयर रेटिङ नेपालले कम्पनीको आईपीओलाई मध्यम रुपमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस रेटिङ प्रदान गरेको छ । 

यस कम्पनीले कास्की जिल्लामा ७ मेगावाट क्षमताको अपर मार्दीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७६ साल असोज २० गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ । गत आर्थिक वर्ष २०७६/ ७७ सम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू.८५ दशमलव ८२ रहेको छ । 

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्