ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनआईसी एशियाको स्वामित्वमा रहेको शेयर लिलामीमा विक्री खुला

२०७७ मंसिर, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ७, काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष, सूर्या लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको शेयर आइतवारदेखि लिलामीमा विक्री खुला गरेको छ । 

कम्पनीले नागरिक लगानी कोषको २ लाख २ हजार ५६०, सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ९३ हजार ११४ र एशियन लाइफ इन्स्योरेन्सको १ लाख ४० हजार ८०० कित्ता संस्थापक शेयर लिलामी विक्री खुला गरेको हो ।

इच्छुक आवेदकले मंसिर १० गतेसम्म उक्त शेयरमा आवेदन गर्न सक्नेछन् । उक्त लिलामी शेयरमध्ये लगानी कोषको शेयरमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीले आवेदन गर्न सक्नेछन् भने सूर्या लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्स शेयरमा अन्य योग्य लगानीकर्ताले पनि आवेदन दिन सक्नेछन् ।

विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले एनआईसी एशिया बैंक थापाथली, काठमाडौं तथा विराटनगर मोरङ,बीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट लिलामी शेयरमा  आवेदन गर्न सक्नेछन् ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्