ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपालमा वस्तु बजारको विकास

२०७७ मंसिर, ७  
१० वर्ष अघि
NA

सामान्यतया वस्तुबजार भनेको विभिन्न वस्तुहरूको खरिदविक्री गरिने स्थान हो । यसको विकास मानव सभ्यताको विकाससँगै जोडिएको छ । परम्परागत रुपमा यस बजारमा भौतिक वस्तुहरूको साथै तिनीहरूको स्वामित्व पनि एक व्यक्तिबाट अर्को व्यक्ति वा एक स्थानबाट अर्को स्थानमा सारिन्थ्यो । तर, आजकल यसको स्वभावमा केही परिवर्तन आएको छ । फलस्वरूप भौतिक वस्तुहरूको मूल्यमा कारोबार हुन थालेको छ । यस्तो कारोबार संगठित वस्तु बजारबाट पनि हुने गर्छ । त्यसकारण आधुनिक संगठित वस्तु बजारलाई पुँजी बजारको एक अंगको रुपमा लिने गरिएको छ ।

विश्वको इतिहासमा संगठित वस्तु बजारको आरम्भ १९ औं शताब्दीतिर नै अमेरिकाबाट भएको पाइन्छ । हाल आएर यस बजारले संसारका कुना कुनामा आफ्नो प्रभाव जमाउन सफल भएको छ । आजको खुला अर्थतन्त्रको समयमा नेपाल पनि यस बजारको प्रभावबाट अलग छैन । फलस्वरूप सन् २००६ मा नेपालको पहिलो संगठित कमोडिटिज एक्सचेन्जको रूपमा कमोडिटिज एन्ड मेटल एक्सचेन्ज नेपालको स्थापना भयो । यस एक्सचेन्जले ‘पिट ट्रेडिङ’बाट कारोबार सुरु गरे पनि अहिले यो पूर्ण रूपमा स्वचालित बजार भएको छ ।

त्यसैगरी सन् २००७ मा दोस्रो कमोडिटिज एक्सचेन्जको रूपमा स्थापना भएको मर्कन्टाइल एक्सचेन्ज नेपाल लिमिटेड (मेक्स) ले सन् २००९ मा कारोबार थाल्यो र सुरुमै यसको कारोबार पूर्ण स्वचालित थियो । अर्को कमोडिटिज एक्सचेन्ज लिमिटेड (एनडेक्स)ले पनि सन् २०१० को आरम्भबाटै आफ्नो कारोबार सुरु गरेको छ ।
 
वर्ष ५, अंक ३५, २०६७, वैशाख २०–२६

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्