ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तिनाउ मिसन डेभलपमेण्ट बैंकको विशेष साधारण सभा आइतवार

२०७७ मंसिर, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ७ , काठमाडौं ।तिनाउ मिसन डेभलपमेण्ट बैंकको विशेष साधारण सभा आइतवार हुँदैछ ।कम्पनीले सभा केन्द्रीय कार्यालय बुटवलमा दिउँसो १ बजे भर्चुअल माध्यमबाट गर्ने बताएको छ । 

कम्पनीले आव २०७५/ ७६ को मुनाफाबाट वितरण गरेको १२ प्रतिशत बोनसशेयर पछि र साविकको नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकलाई प्राप्तिपछि संस्थापकतर्फको ६३ दशमलव ३३ प्रतिशत र सर्वसाधारणतर्फको ३६ दमलव ६७ प्रतिशत शेयर स्वामित्व कायम भएको थियो ।

त्यसपछि नेपाल राष्ट्र बैंकले शेयर संरचना परिवर्तन गर्न दिएकाले प्रबन्धपत्र संशोधन गर्नको लागि विशेष साधारण आयोजना गर्न लागेको हो । संशोधन पछि कम्पनीको शेयर संरचनातर्फ संस्थापक समुहको ५३ दशमलव ३३ र सर्वसाधारणको समुहको ४६ दशमलव ६७ प्रतिशत कायम हुनेछ  । 

साधारण सभा प्रयोजनको लागि शेयधनी दर्ता पुस्तिका कात्तिक २६ गते एक दिन बन्द गरेको थियो ।कात्तिक २५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्