ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आइतवार उकालो लाग्यो सुनको भाउ, चाँदीको मूल्य स्थिर

२०७७ मंसिर, ७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ७, काठमाडौं । आइतवार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । आइतवार स्थानिय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रू. ३०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू. ९४ हजार ३०० मा कारोवार भएको छ । अघिल्लो कारोबारको दिन शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९४ हजार १०० मा कारोवार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला रू. ३०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९३ हजार ८०० मा कारोवार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला रू. ९३ हजार ५०० मा कारोवार भएको थियो । 

आइतवार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रवार प्रतितोला रू. एक हजार २१० मा कारोवार भएको चाँदीको मूल्य आइतवार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्