ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१७९६.७२ विन्दुमा नेप्से, ३ अर्ब ५५ करोडको शेयर कारोबार (१ बजेको अपडेट) 

२०७७ मंसिर, ७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ७, काठमाडौं । आइतवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक १८ दशमलव ६० अंकले बढेको छ । 

कारोबारको पहिलो घण्टामा ३० दशमलव ७९ अंकले बढेर १ हजार ८०८ दशमलव ९२ विन्दुसम्म पुगेको बजार दोस्रो घण्टामा घटेर १ हजार ७९६ दशमलव ७२ विन्दुमा पुगेको छ । 

दोस्रो घण्टाको अवधिमा १८८ ओटा कम्पनीको रू. ३ अर्ब ५५ करोड ६१ लाख बराबरको खरीदविक्री भएको छ । 

दोस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये व्यापार, होटल्स, जलविद्युत, वित्त, निर्जीवन बीमा, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, विकास बैंक, लघुवित्त, उत्पादन तथा प्रशोधन र अन्य, समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३३ करोड १६ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार १५६ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार ६६८ मा रू. १४ करोड ८४ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्