ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आरएमडीसी लघुवित्तको २०% लाभांश सुरक्षित गर्ने आइतवार अन्तिम दिन 

२०७७ मंसिर, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ७, काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज (आइतवार) अन्तिम दिन रहेको छ । 

यस कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को लागि १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश सहित विविध प्रस्ताव पारित गर्न कम्पनीले २२ औं वार्षिक साधारण सभा मंसिर २२ गते बोलाएको छ । 

उक्त सभा प्रयोजनका लागि मंसिर ८ गतेदेखि बुक क्लोज गर्ने भएकाले मंसिर ७ गतेभित्र शेयर कायम गर्नुपर्ने भएको हो । कम्पनीको उक्त लाभांश बुक क्लोजका आधारमा मंसिर ७ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्र पाउनेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. ८९ करोड ९३ लाख २३ हजार रहेको छ । सोहि पूँजीको आधारमा कम्पनीले लाभांश दिने निर्णय गरेको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्