ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

२.४७ अंकले बढेको बजारमा २ ओटा कम्पनीको शेयमूल्य ९% भन्दा बढीले वृद्धि (२ बजेको अपडेट) 

२०७७ मंसिर, ७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ७, काठमाडौं । आइतवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक २ दशमलव ४७ अंकले बढेर १ हजार ७८० दशमलव ५९ विन्दुमा पुगेको छ । यस अवधिमा नेप्से शून्य दशमलव १४ प्रतिशत बढेको हो ।
 
तेस्रो घण्टाको अवधिमा १९८ ओटा कम्पनीको रू. ५ अर्ब २ करोड ९९ लाख बराबरको खरीदविक्री भएको छ । 

तेस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये बैंकिङ र विकास बैंक समूहको परिसूचक बढेको छ भने बाँकी व्यापार, होटल्स, जलविद्युत, वित्त, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त, उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ४२ करोड ९४ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार १३५ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार ६३० मा रू. २१ करोड ९१ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको तेस्रो घण्टामा सिटिजन्स म्युचुअल फण्ड २ र जानकी फाइनान्सको शेयरमूल्य सबैभन्दा बढी ९ दशमलव ८९ र ९ दशमलव ६५ प्रतिशतले बढेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्