ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पहिलो त्रैमासमा सूचीकृत १८ ओटा निर्जीवन बीमा कम्पनीको नाफा २५.६२ % ले वृद्धि

सबैभन्दा बढी नेको इन्स्योरेन्सको नाफा रू. १२ करोड ४४ लाखभन्दा बढी 

२०७७ मंसिर, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ७, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत १८ ओटा निर्जीवन बीमा कम्पनीहरुले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजानिक गरेका छन् । 

उक्त वित्तीय विवरण अनुसार १८ ओटा कम्पनीको कुल नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको पहिलो त्रैमासमा २५ दशमलव ६२ प्रतिशत वृद्धि भएको छ । चालू आवको पहिलो त्रैमासमा १८ निर्जीवन बीमा कम्पनीहरुले कुल रू. ९६ करोड २१ लाख ३ हजार नाफा कमाएको हुन् । 

गत आवको पहिलो त्रैमासमा कम्पनीहरुले रू. ७६ करोड ५८ लाख ७६ हजार नाफा कमाएका थिए । वित्तीय विवरण प्रकाशित गरेका १८ ओटा कम्पनीमध्ये सबैभन्दा बढी नाफा नेको इन्स्योरेन्स कम्पनीले कमाएको छ । कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. १२ करोड ४४ लाखभन्दा बढी नाफा कमाएको हो । 

गत आवको पहिलो त्रैमासमा कम्पनीले रू. ७ करोड ५३ लाख नाफा कमाएको थियो । गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा कम्पनीको नाफा ६५ दशमलव २१ प्रतिशत वृद्धि भएको हो । त्यसैगरी, दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनीले रू. १२ करोड २३ लाख नाफा कमाएको छ ।  

त्यसैगरी, चालू आवको पहिलो त्रैमासमा १८ ओटा कम्पनीमध्ये दुई ओटा कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा घटेको छ । हिमालयन जनरल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको नाफा घटेको छ भने बाँकीको नाफा १६ ओटा कम्पनीको नाफा बढेको छ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको नाफा  १७ दशमलव ६१ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको १५ दशमलव १४ प्रतिशत घटेको हो । 

गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको पहिलो त्रैमासमा सबैभन्दा बढी अजोड इन्स्योरेन्स कम्पनीको नाफा ५८० प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ७७ लाख ९७ हजार नाफा कमाएकोमा चालू आवको पहिलो त्रैमासमा वृद्धि भएर रू. ५ करोड ३० लाख पुगेको छ ।  

चालू आवको पहिलो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । कारोना भाइरसका कारण पनि बीमा कम्पनीहरुले पहिलो त्रैमासमा राम्रो मुनाफा आर्जन गर्न सफल भएका छन् । 

                                                                              स्रोत : कम्पनीद्वारा प्रकाशित वित्तीय विवरण

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्