ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पहिलो त्रैमासमा रसुवागढी हाइड्रोपावरले रू. ४९ लाख ४९ हजार नाफा कमायो

२०७७ मंसिर, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ७, काठमाडौं । चालू आवको पहिलो त्रैमासमा रसुवागढी हाइड्रोपावर कम्पनीले रू. ४९ लाख ४९ हजार नाफा कमाएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले रू. १ करोड ४६ लाख ७६ हजार नोक्सानी ब्यहोरेको थियो । 

चालू आवको पहिलो त्रैमासमा कम्पनीको अन्य आम्दानीमा वृद्धि भएसँगै नाफा सुधारिएको हो । सो अवधिमा कम्पनीले अन्य स्रोतबाट रू. १ करोड २८ लाख ३३ हजार आम्दानी गरेको छ । कम्पनीले हालसम्म विद्युत उत्पादन शुरु गरेको छैन । कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब १५ करोड ७८ लाखभन्दा बढी रहेको छ । 

कम्पनीको प्रतिशेयर आम्दानी शून्य दशमलव ३२ र प्रतिशेयर नेटवर्थ ९६ दशमलव ८० रहेको छ । कम्पनीले रसुवा जिल्लाको गोसाइकुण्ड गाँउपालिकामा १११ मेगावट क्षमताको निर्माणाधिन रसुवागढी जलविद्युत आयोजनाको ७८ प्रतिशत भौतिक प्रगति भएको क्रम्पनीले वित्तीय विवरणमा उल्लेख गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्