ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोभिड–१९ विरोधी खोपको एक डोजलाई २५ देखि ३७ डलर लिंदै मोडेर्ना

२०७७ मंसिर, ७  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर ७, वाशिङटन डीसी (अमेरिका) । अमेरिकी बायो प्रविधि कम्पनी मोडेर्ना इंकले कोभिड– १९ विरोधी आफ्नो सम्भावित खोपको हरेक डोजका लागि सरकारहरुबाट २५ देखि ३७ डलरसम्म शुल्क लिने भएको छ । 

खोप अर्डरको रकम अनुसार शुल्क फरक – फरक पर्ने कम्पनीका प्रमुख कार्यकारी स्टेफन बान्सेलले जर्मन साप्ताहिक पत्रिका वेल्ट एम सोन्टागसँगको एक अन्तरवार्तामा यस्तो बताएका हुन् । कम्पनीको खोपको मूल्य फ्लु विरोधी खोपकै हाराहारी भएको उनको भनाइ छ ।

मोडेर्नाको खोप कोभिड–१९ रोक्न करीब ९४ दशमलव ५ प्रतिशत प्रभावकारी भएको ठूलो चरणको क्लिनिकल परीक्षणको अन्तरिम तथ्यांकले देखाएको बताइएको छ । यो अमेरिकी फर्मा कम्पनी फाइजर र जर्मन साझेदार बायोएनटेकको कोभिड–१९ विरोधी खोपको भन्दा धेरै हो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्