ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१० करोड लगानीमा शीपमूलक तालीम सञ्चालन गरिँदै

२०७७ मंसिर, ८  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत स्थापित लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले चालू आर्थिक वर्ष २०७७/७८ देखि नै शीप तथा रोजगारमूलक तालीम दिने भएको छ । मन्त्रालयले केन्द्रमार्फत रू. १० करोड लगानी गरी १० हजार जनशक्तिलाई शीप विकास तालीम दिन लागेको हो । त्यसका लागि मन्त्रीस्तरबाट मङ्सिर ५ गते लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन तालीम कार्यक्रम सञ्चालन कार्यविधि २०७७ समेत स्वीकृत गरिएको छ ।

कार्यविधि अनुसार यो तालीम कार्यक्रम सञ्चालन गर्न स्वरोजगारी वा रोजगारीका लागि शीप विकास तालीम प्रदान गरिनेछ । तालीम कार्यक्रमका विषय छनोट गर्दा स्थानीयस्तरमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग स्थापना तथा प्रवद्र्धनमा सहयोग पुर्‍याउने, स्थानीय कच्चापदार्थ र परम्परागत शीप प्रविधिको व्यावसायिक उपयोग हुने, स्थानीय उत्पादनहरूको प्रशोधन, मूल्य अभिवृद्धिसम्बन्धी विषयहरू छनोट गरिने कार्यविधिमा उल्लेख छ ।

नेपाली श्रम बजारमा आवश्यक पर्ने शीपयुक्त जनशक्ति तयार गर्ने उद्देश्यले सरकारले गत वैशाखमा यो केन्द्र स्थापना गरेको हो । श्रम बजारको माग अनुसार तालीम दिने र आवश्यक स्थानमा ती शीप सिकेका जनशक्ति उपलब्ध गराउने गरी कार्यक्रम शुरू गरिएको उपसचिव दिनेशसागर भुसालले जानकारी दिए । यो तालीम केन्द्रले आप्mनै भवन तथा स्रोतसाधनको प्रयोग गरी उपलब्ध गराउने उनको भनाइ छ ।

यो तालीम स्थानीय तहले माग गरेमा पनि उपलब्ध गराइने र अन्य निकायसँग समेत समन्वय गरिने मन्त्रालयको तयारी छ । त्यसो त मन्त्रालयले मुलुकभरका ६३ हजार ३९० जना नयाँ लघु उद्यमी बनाउने महŒवाकांक्षी लक्ष्यका लागि रू. १ अर्ब ५४ करोड ४७ लाख लगानी गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याइसकेको छ । मन्त्रालयबाट सञ्चालित कार्यक्रम ‘गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा)’ मार्फत सञ्चालित यस कार्यक्रमबाट नयाँ लघु उद्यमी सृजना गर्ने लक्ष्य लिइएको हो । यो केन्द्रमार्फत भने उद्यमीभन्दा पनि बजारको माग र रोजगार पाउने सम्भावित क्षेत्रलाई लक्षित गर्दै युवा जनशक्तिलाई तालीम दिई काम गर्न सक्षम बनाइने मन्त्रालयको दाबी छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्