ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सुपथ मूल्यका पसल माघसम्म सञ्चालन गरिने    

२०७७ मंसिर, ८  
समाचार
Image Not Found

मंसिर ८,  काठमाडौं ।चाडपर्वलाई ध्यानमा राख्दै सञ्चालित सुपथ मूल्यका पसल आगामी माघसम्म सञ्चालन हुने भएको छ ।

सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले माघ २ गतेसम्म पसल सञ्चालन गर्ने भएको हो । सरकारले खाद्य कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानलाई गत असोज १५ देखि मङ्सिर ७ गतेसम्म सहुलियत मूल्यमा उक्त पसल सञ्चालनको अनुमति दिएको थियो ।     

सरकारले दिएका समयमा कम्पनीको लक्ष्यानुसार सामग्री विक्री नभए पनि कोरोना महामारीका समयमा खाद्य वस्तु अभाव हुन नदिन सहुलियत मुल्यका पसल सञ्चालनको अवधि थप गरिएको कम्पनीले बताएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार सरकारले तोकेको सहुलियत मूल्यमा नै माघ २ सम्म २९ ओटै विक्री केन्द्रबाट सहुलियत मूल्य पसल सञ्चालन हुनेछ ।     

काठमाडौं पत्यकाका पाँच स्थानसहित कम्पनीको शाखा कार्यालय रहेका जिल्लामा उक्त पसल सञ्चालन हुने कम्पनीले बताएको छ । कम्पनीमा रहेका सामग्रीसहित साल्ट कर्पोरेशनले दिएको चिनी विक्री हुँदै आएको छ ।

काठमाडौं उपत्यकाका पाँच स्थानमा राखिएको सुपथ मूल्य पसलमा साढे १० हजार क्विन्टल खाद्यान्न विक्री भएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए। उनका अनुसार सुपथ मूल्यका पसलमा सबैभन्दा धेरै चामल विक्री भएको छ ।     

 खाद्य कम्पनीले समय थप गरे तापनि साल्ट कर्पोरेशन र दुग्ध संस्थानले समय थपको कुनै निर्णय नभएको बताएका छन् । कर्पोरेशनका सूचना अधिकारी कुमारराज भण्डारीले सरकारले दिएको निर्देशनानुसार सुपथ मूल्यका पसल सञ्चालन गरिएकोे बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्