मंसिर ८, काठमाडौं । राधी विद्युत कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. २ करोड ५७ लाख ७ हजार नाफा कमाएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले रू. २ करोड ४६ लाख ९० हजार नाफा कमाएको थियो । गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको नाफा ४ प्रतिशत वृद्धि भएको हो ।
चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. ४ करोड ५२ लाख ३५ हजार आम्दानी गरेको छ । चुक्तापूँजी रू. ४७ करोड ३५ लाख ५६ हजार रहेको छ । प्रतिशेयर आम्दानी रू. २१ दशमलव ७१ (वार्षिक), मूल्य आम्दानी अनुपात रू. १२ दशमलव ५७ र प्रतिशेयर नेटवर्थ रू. १४४ दशमलव १४ रहेको छ ।
नेपाल विद्युत प्राधिकरणको ३३ के.भि प्रसारण लाइनमा बारम्बार आइराख्ने समस्याका कारण प्रत्यक्ष असर विद्युत उत्पादनमा परेको कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेको छ ।