कास्की । पोखरामा निर्माणाधीन अन्तरराष्ट्रियस्तरको फुटबल रंगशालाको हालसम्म ८५ प्रतिशत हाराहारीमा काम सकिएको छ । २०७६ असार मसान्तभित्र सम्पन्न गर्ने गरी आधुनिक र सुविधा सम्पन्न रंगशाला निर्माणका लागि २०७५ पुसमा सम्झौता भएकामा सोही वर्ष फागुनमा शिलान्यास गरिएको रंगशालाको काममा ढिलाइ भएको छ । सम्झौता भएको आर्थिक वर्षभित्र रंगशाला सम्पन्न गर्ने भनिएको थियो । तर यसबीचमा आयोजनाको हालसम्म चार पटक म्याद थप भए पनि कामले पूर्णता पाउन सकेको छैन । रासस