ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

६ करोड लगानीमा टरिगाउँ विमानस्थलमा इन्धन डिपोको स्थायी संरचना बन्दै

२०७७ मंसिर, ९  
प्रदेश ०५
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ९, दाङ । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा हवाई इन्धन डिपो स्थापना हुने भएको छ । डिपोको स्थायी संरचना निर्माणको लागि ठाउँसमेत छटौट भइसकेकाले काम तत्काल शुरू हुने नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले जानकारी दिएका छन् ।

‘ट्यांकी र ब्राउजरको काम अघि बढिसकेको छ’, उनले भने, ‘जग्गामा अफिस लगायतका संरचना निर्माणका काम पनि केही दिनमै शुरू हुन्छ आउँदो बैशाखभित्रै जसरी पनि डिपो सञ्चालनमा ल्याउँछौँ ।’

करीब रू. ६ करोड लगानीमा निर्माण हुन लागेको इन्धन डिपोमा दुई ओटा ट्यांकी रहने छन् । ती ट्यांकीले दैनिक तीन ओटा उडानलाई १५ दिनसम्म पर्याप्त इन्धन पुग्ने अनुमान गरिएको छ । डिपोलाई तत्काल सञ्चालन योग्य बनाउनका लागि रू.६ करोडको लगानी गरिएपनि यसलाई पूर्ण क्षमताका बनाउनका लागि करीब रू.१० करोड लगानी आवश्यक पर्ने निर्देशक पौडेलले बताए ।

विमानस्थलको गेटको दक्षिण पट्टी रहेको जग्गामा ७५ मिटर लम्बाई र ३० मिटर चौडाईमा स्थापना गर्न लागिएको डिपोको काम अबको १५ दिनमा शुरु हुनेछ । डिपो स्थापनाका लागि करीब ५ देखि ७ रोपनी जग्गा आवश्यक पर्नेछ । जग्गामा भएका बुट्यान र संरचना तुलसीपुर उपमहानगरपालिकाले हटाउने भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले इन्धन डिपो स्थापना भएपछि रारा, पोखरा, भैरहवालगायतका ठाउँमा उडान थप गर्न पहल गर्ने बताएका छन् । टरिगाउँ विमानस्थलबाट हाल सातामा दुई पटक काठमाडौंका लागि मात्रै उडान हुँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्