ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अहिलेसम्मकै उच्च विन्दु नजिक बिट्क्वाइन 

२०७७ मंसिर, ९  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर ९, टोकियो (जापान) । अन्तरराष्ट्रिय बजारमा भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ बढेर अहिलेसम्मकै उच्च विन्दु नजिक उक्लिएको छ । मंगलवार बिट्क्वाइनको भाउ तीन वर्षमा पहिलो पटक प्रतिगोटा १९ हजार डलरमाथि पुगेको हो । 

बिट्क्वाइनको भाउ क्वाइन डेस्कमा साढे ३ प्रतिशतभन्दा धेरैले बढेर १९ हजार २१८ डलर ३३ सेन्टमा पुगेको थियो । यो यस अघि यस मुद्राले कायम गरेको कीर्तिमानी मूल्य १९ हजार ६६६ डलर नजिक हो । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ७:०० प्रतिगोटा बिट्क्वाइन १९ हजार २०० डलर १७ सेन्टमा किनबेच भइरहेको थियो । 

यस वर्षको अहिलेसम्मको अवधिमा यसको भाउ १६० प्रतिशतले बढिसकेको छ । नोभेम्बरमा मात्रै भाउ ४० प्रतिशतले बढिसकेको छ । 

कोरोना भाइरसको महामारीले उत्पन्न गराएको आर्थिक क्षतिको पूर्ति गर्न ल्याएको अभूतपूर्व वित्तीय र मौद्रिक नीतिका कारण विश्वभर जोखिमयुक्त सम्पत्तिको माग वृद्धिले बिट्क्वाइनको पनि माग बढाएको छ । मंगलवार अन्य भर्चुअल मुद्राहरुको भाउ पनि बढेका थिए । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्