मंसिर ९, वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकाका राष्ट्रपति निर्वाचित जो बाइडेनले अमेरिकी केन्द्रीय बैंककी पूर्व गभर्नर जेनेट येलनलाई अर्थमन्त्रालयको नेतृत्वको लागि चयन गर्ने अपेक्षा गरिएको छ । सिनेटले पारित गर्यो भने येलेन अमेरिकी इतिहासकै पहिलो अर्थमन्त्री हुनेछिन् ।
७४ वर्षिय येलेन यस अघि पूर्व राष्ट्रपति बिल क्लिन्टनको शिर्ष आर्थिक सल्लाहकारका रुपमा समेत काम गरिसकेकी छिन् । सन् २००७ को वित्तीय संकटपछि अमेरिकी आर्थिक पुर्नबहालीमा मद्दत गरेको श्रेय उनलाई दिइन्छ । येलेन युनिभर्सिटी अफ क्यालिफोनिर्यामा प्राध्यापक पनि हुन् । एजेन्सी