ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोनाले ल्याएको परिवर्तन

२०७७ मंसिर, १०  
लेख | दृष्टिकोण
Image Not Found

चीनको वुहानमा पत्ता लागेको कोभिड–१९ लाई चीनको महामारी भन्दै चीनको खानपान र रहनसहनसँग जोडेर आफूलाई त्यो महामारीले नछुने भविष्यवाणी गरे । तर, अहिले अमेरिका, ब्राजिल, मेक्सिको, अर्जेन्टिना, बेलायत, स्पेन, जर्मनी, फ्रान्सलगायत सम्पूर्ण यूरोप रूस र भारतमा समेत फैलियो । नेपालले पनि संक्रमण फैलन नदिन २०७६ चैत ११ गतेबाट देशभर बन्दाबन्दी लागू गर्‍यो । सो बन्दाबन्दी करीब ५ महीना रह्यो र काठमाडौं उपत्यकामा अन्त्यमा निषेधाज्ञा समेत लगाइयो । तर पनि यो संक्रमण रोकथाम भएन बरु दिनदिनै फैलिँदै गएको छ ।

बालबालिकाको एक शैक्षिक सत्र त्यतिकै खेर गएको छ । तर, यसले केही सकारात्मक सन्देश पनि दिएको छ । कोरोना संक्रमणपछि हामीले बाध्य भई केही चालचलन र बानीबेहोरामा परिवर्तन गरेका छाैं ।

२२ नोभेम्बर २०२० सम्म विश्वभरिमा संक्रमितको संख्या ५ करोड ८५ लाख ७६ हजार २५४ छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख ८७ हजार ९०२ छ । संक्रमणमुक्त हुनेहरूको संख्या ४ करोड ५ लाख ३९ हजार ५०४ छ, जुन कुल संक्रमितको ६९दशमलव २५ प्रतिशत हो । नेपालमा कुल संक्रमितको संख्या २ लाख २० हजार, ३०८ छ भने संक्रमणबाट मर्नेको संख्या १,३२१ र संक्रमण मुक्त हुनेको संख्या १ लाख, ९९ हजार २४ छ । विश्वकै तथ्यांक हेर्दा सबैभन्दा बढी मृत्यु हुनेको संख्या ७५ वर्ष वा सोभन्दा माथिकाको छ अर्थात् ४८ दशमलव ७५ प्रतिशत देखिन्छ । १७ वर्ष उमेरसम्मकाको मृत्यु दर शून्य दशमलव ६०६५ छ भने १८ देखि ४४ वर्षसम्मकाको मृत्यु दर ३ दशमलव ९५ प्रतिशत छ । यसरी हेर्दा वृद्धवृद्धा, रोगी, अशक्त, कमजोर आदिमा यो संक्रमण बढी घातक देखियो ।

कोरोनाले विश्वभरि नै डर, त्रास, शंका, असुरक्षा र एकअर्काप्रति अविश्वास सृजना गरेको छ । नेपालमा त यो समस्या एकातिर अज्ञानता र अविश्वासको घेरामा छ । संक्रमित र स्वास्थ्यकर्मीहरूलाई समेत डेरा नदिने, संक्रमणमुक्त भैइसकेपछि पनि तिरस्कार, बहिष्कार गर्ने गरिएको पाइन्छ । यही कारण कतिपयले आफू संक्रमित भएको तथ्यलाई लुकाउँदा समाजमा भूसको आगोझैं भित्रभित्र समुदायमा फैलिँदै गएको छ ।

कोरोना महामारीका कारणस्वदेश र विदेशमा गरी हाम्रो जनसंख्या अर्थात् ४० लाखभन्दा बढीले रोजगारी गुमाएको छ । यही कारण मानिसहरू डिप्रेशनमा गएको समेत पाइएको छ । बालबालिकाको एक शैक्षिक सत्र त्यतिकै खेर गएको छ । तर, यसले केही सकारात्मक सन्देश पनि दिएको छ । कोरोना संक्रमणपछि हामीले बाध्य भई केही चालचलन र बानीबेहोरामा परिवर्तन गरेका छाैं । ती हाम्रो दीर्घकालीन हित र भलोका लागि पनि हुन सक्छन् । हामीमा हाम्रा पुर्खाहरूबाट पाएका राम्रा बानी थिए, तर तिनीलाई छाडी दियौं ।

हामीले एकअर्काप्रति अभिवादन गर्दा नमस्कार गर्ने गथ्र्यौं । यसलाई चटक्क बिर्सेर हामीले हात मिलाउने, अंकमाल गर्ने, गला मिलाउने गर्न थाल्यौं । कोरोनापछि हाम्रो परम्परागत अभिवादन नै सही थियो भन्ने प्रमाणित भएको छ । अबदेखि अनिवार्य रूपमा हामी हाम्रो मौलिक चलनकै अनुसरण गराैं, यो कोरोनाले सिकाएको सकारात्मक कुरो हो ।

भातभान्सा र जूठो चोखो भन्ने विषय पनि हाम्रो समाजमा चली आएको रीति हो । चोखो कपडा, चूल्हो चौका, सरसफाइ पनि अहिले कोभिडले गर्दा सान्दर्भिक हुन आएका छन् । कोरोनाले हाम्रो पूर्वीय समाजमा रहेका यी आचरण र व्यवहारका सकारात्मक पक्षलाई उजागर गरेको छ ।

भौतिक दूरी कायम राख्ने सवालमा पनि निश्चित मापदण्ड अपनाएर गरिने प्रचलन सकारात्मक मान्न सकिन्छ । भ्रम नपरोस् हाम्रो समाजमा कुरीतिको रूपमा रहेको जातीय छुवाछूत प्रथा अत्यन्त घृणित र निन्दनीय छ, त्यसको हामीले विरोध गर्नैपर्छ । तर, रोगीलाई अलग्गै राख्ने, ऊसँग उठबस कम नगर्ने, उसले प्रयोग गरेका भाडाकुँडा, औजार, कपडा आदि अलग्गै राख्ने आदि गर्नु प्रासंगिक मात्र होइन अनिवार्य पनि हो । हिजो हाम्रो समाजमा पेशा व्यवसाय वा रोगव्याधिका कारणले समाजमा प्रचलनमा रहेको छुवाछूत प्रथालाई जब जाति प्रथामा जोडियो तब यो कुरीति बन्न पुग्यो । हिजो आफ्नो परिवारको सदस्य पनि हैजा लागेको, बिफर लागेको, टिवी लागेको अवस्थामा भए छुवाछूत नगर्ने चलन थियो, आफ्नो र अर्को भन्ने भेदभाव थिएन । कोरोनाका कारण आज यो तर्कसंगत देखियो । औषधि उपचार नभएपछि अर्को विकल्प नि रहेन ।

हिन्दू संस्कारमा लासलाई आगोले जलाएर खरानी बनाउने प्रचलन अझै पनि छ । मृतकले प्रयोग गरेका कपडा, बिछ्यौना, गुन्द्री आदि सबै जलाउने, लास सद्गत गरिसकेपछि सबै मलामीले नुहाउने, कपडा धुने, मृतकको परिवारसँग १० दिनसम्म छुवाछूत नगर्ने आदि प्रचलन छ । यसका पछाडि पनि वैज्ञानिक कारण छ भन्ने बुझ्न अब कोरोनाले सहयोग गर्‍यो ।

स्वावलम्बन हाम्रा बाबुबाजेले सिकाएको पाठ हामीले बिर्सेका थियौं । नून, तेल र कपडाबाहेक आफूलाई चाहिने सबै चिजबिज, अन्नपात, फलफूल, दूध, घिउ, बेसर, खुर्सानी, अदुवा, लसुन, प्याज, गोलभेडा, अमिलो आदि सबै आफैले उब्जाउने र बनाउने चलन थियो । आजभोलि हामी सबै कुराका लागि परनिर्भर भएका छाैं । फलतः अहिले आफैले आफूलाई चाहिने सबै चिजको जोहो गर्न असम्भव जस्तै भएको छ । बाहिरबाट ल्याएको संक्रमित खाना, अन्नपात तरकारीले गर्दा हाम्रो स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको छ । अहिले हाम्रो शहरिया जीवनमा कोरोनाबाट जोगिन असम्भव हुनुको एउटा मुख्य कारण यही हो । हामी जाति जोगिन्छाैं भने पनि पिउने पानी, दूध, फलफूल, तरकारी आदि बाहिरबाट नकिनी सुखै छैन । अनि कसरी कोरोनाबाट जोगिने ? स्वावलम्बनको पाठ पनि कोरोनाले सिकाएको सकारात्मक विषय हो ।

लेखक पूर्व बैंकर हुन् ।

प्रतिक्रिया [1]
User Image

Pooja khanal

[Nov 25, 2020 01:25pm]

Ramro chha lekh


प्रतिक्रिया दिनुहोस्