मंसिर १०, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर मंसिर १७ गतेदेखि लिलामीमा विक्री खुला हुने भएको छ । कम्पनीले १० लाख ४ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्न लागेको हो ।
उक्त शेयरमा आवेदकले पुस १ गतेसम्म आवेदन गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिशेयर रू. ७२५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ताको लागि आवेदन आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले बताएको छ । आवेदन बुझाउने स्थान एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।