ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनआईसी एशियाको स्वामित्वमा रहेको कम्पनीको लिलामीमा शेयरमा  आवेदन गर्ने अन्तिम दिन आज 

२०७७ मंसिर, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १० काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष, सूर्या लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको लिलामीमा शेयर आवेदन गर्ने अन्तिम दिन आज बैंकिङ समयसम्म रहेको छ ।

उक्त कम्पनीले मंसिर ७ गतेदेखि ती तीन ओटा कम्पनीको संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको थियो ।  कम्पनीले नागरिक लगानी कोषको २ लाख २ हजार ५६०, सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ९३ हजार ११४ र एशियन लाइफ इन्स्योरेन्सको १ लाख ४० हजार ८०० कित्ता संस्थापक शेयर लिलामी विक्री खुला गरेको हो ।

उक्त लिलामी शेयरमध्ये लगानी कोषको शेयरमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीले आवेदन गर्न सक्नेछन् भने सूर्या लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको शेयरमा अन्य योग्य लगानीकर्ताले पनि आवेदन दिन सक्नेछन् ।

साथै आवेदकले एनआईसी एशिया बैंक थापाथली, काठमाडौं तथा विराटनगर, बीरगञ्ज,महेन्द्रपुल पोखरा, बुटवल, धनगढी, सुर्खेतबाट लिलामी शेयरमा आवेदन गर्न सक्नेछन् । विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्