ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अपि पावर कम्पनीकोदुई ओटा आर्थिक वर्षको लाभांश पारित, ५ जना सञ्चालक निर्विरोध निर्वाचित

२०७७ मंसिर, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १०, काठमाडौं । अपि पावर कम्पनीले दुई ओटा आर्थिक वर्षको साधारण सभा सम्पन्न गरेको छ । 

कम्पनीले भर्चअल माध्यमबाट मंसिर ८ गते आव २०७५/ ७६ को र २०७६/ ७७ को साधारण सभा समपन्न गरेको हो । सभाले दुई ओटा आर्थिक वर्ष १४ प्रतिशत बोनस शेयर (२०७५/ ७६ को ५ प्रतिशत बोनस शेयर र २०७६/ ७७ को ९ प्रतिशत) बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित  गरेको हो । साथै उक्त साधारण सभाले पाँच जना सञ्चालक आगामी चार वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित गरेको छ । 

सभाले सञ्चालकमा सतिश न्यौपाने, संजिव न्यौपाने, इन्द्रमणि त्रिताल, द्धारिक प्रसाद न्यौपाने र सृजना खड्कालाई निर्वाचित गरेको हो । कम्पनीको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले सतिश न्यौपानेलाई कम्पनीको अध्यक्ष पदमा मनोनयन गरेको सूचनामार्फत जानकारी दिएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्