ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भारतले लगायो थप ४३ ओटा चिनियाँ मोबाइल एप्सलाई प्रतिबन्ध    

२०७७ मंसिर, १०  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर १०, नयाँदिल्ली । भारतले मंगलवारबाट लागू हुने गरी थप ४३ ओटा मोबाइल एप्सलाई प्रतिबन्धित गरेको छ । 
     
भारतीय सूचना प्रविधि मन्त्रालयले प्रतिबन्धित एप्सहरुले भारतको सार्वभौमसत्ता र अक्षुण्णतालाई चुनौती दिएको बताएको छ । प्रतिबन्धित एप्सहरुमा चीनको बहुराष्ट्रिय कम्पनी अलिबाबा ग्रुपसँग सम्बन्धित चार ओटा एप्सहरु रहेका छन् ।     
     
भारतले केही महीनाअघि लोकप्रिय भिडियो सेयरिङ एप टिकटक र मोबाइल खेल पब्जी समेतका चिनियाँ स्वामित्वमा रहेका केही मोबाइल एप्सहरुमाथि प्रतिबन्ध लगाएको थियो । भारत सरकारले चिनियाँ मोबाइल एप्सहरुले भारतीय प्रयोगकर्ताका गोप्य विवरणहरु संकलन गरी चीन पुर्‍याएको आरोप लगाएको थियो ।     
     
चीन र भारतबीच सीमावर्ती लद्धाखका विषयलाई लिएर महीनौंदेखि विवाद छ । तर सैनिक र कुटनीतिक तहमा सीमा विवादका विषयमा वार्ताहरु भइरहे पनि तनाव जारी छ । यी वार्तामा अघि सारिएका विषयका बारेमा विवरण सार्वजनिक भइरहेको छैन ।     
     
भारतको एप्स प्रतिबन्धलाई लिएर भारतीय सत्तारुढ दलले स्वागत गरेको छ । भारतमा हाल चिनियाँ मोबाइल एप्सहरु तिब्र गतिमा विस्तार र लोकप्रिय भइरहेका छन् । कतिपय चिनियाँ कम्पनीहरुले भारतीय प्रयोगकर्ताका रुचीलाई समेटेर एप्सहरु निर्माण गरेका छन् । रासस/ एपी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्