ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

३७.३३ अंकले बढेको बजारमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार (१ बजेको अपडेट)

२०७७ मंसिर, १०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १०, काठमाडौं । बुधवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ३७ दशमलव ३३ अंकले बढेर १ हजार ८४७ दशमलव ४४ विन्दुमा पुगेको छ । 

कारोबार शुरु भएदेखि नै उकालो लागेको बजार कारोबारको दोस्रो घण्टामा २ दशमलव शून्य ६ प्रतिशत बढेको हो ।

दोस्रो घण्टाको अवधिमा १९२ ओटा कम्पनीको रू. २ अर्ब ४० करोड ४३ लाख बराबरको ७७ लाख ७४ हजार ८७५ कित्ता शेयरको खरीदविक्री भएको छ ।

कारोबारको दोस्रो घण्टामा एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था, शिवम् सिमेण्ट्स र विशाल बजार कम्पनीको शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशतले वृद्धि भएको छ । 

दोस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । जसमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक सबैभन्दा बढी ६ दशमलव १३ प्रतिशतले बढेको छ । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १८ करोड ९३ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार २२८ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नबिल बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार ८ मा रू. १५ करोड २० लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्