मंसिर १०, काठमाडौं । उन्नति सहयकार्य लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४८ दशमलव ९२ प्रतिशत कमि आएको छ ।
कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. १ करोड २६ लाख ५१ हजार नाफा कमाएकोमा चालू आवको पहिलो त्रैमासमा रू. ६४ लाख ६२ हजारमा सीमित भएको हो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन नाफामा कमि आएकोले र निष्क्रिय कर्जा बढेकाले नाफा घटेको हो ।
गत आवको पहिलो त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा १ दशमलव ८५ रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर ४ दशमलव १३ प्रतिशत पुगेको छ । चुक्तापूँजी रू. १४ करोड ९५ लाख रहेको उक्त कम्पनीले जगेडा कोषमा रू. ७ करोड ६९ लाख सञ्चित गरेको छ ।
चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. १ अर्ब ९४ करोड ४१ लाख सापटि लिएर, रू. ८२ करोड २४ लाख निक्षेप संकलन गरेर रू. २ अर्ब ४५ करोड ४९ लाख कर्जा लगानी गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी रू. १७ दशमलव २९, मूल्य आम्दानी अनुपात ६३ दशमलव २८ र प्रतिशेयर नेटवर्थ रू. १५१ दशमलव ४४ रहेको छ ।