ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१८६४.९७ विन्दुमा नेप्से, ४ अर्बभन्दा बढीको शेयर कारोबार (२ बजेको अपडेट)

२०७७ मंसिर, १०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १०, काठमाडौं । बुधवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ५४ दशमलव ८६ अंकले बढेर १ हजार ८६४ दशमलव ९७ विन्दुमा पुगेको छ । यस अवधिमा नेप्से ३ दशमलव शून्य ३ प्रतिशत बढेको हो ।

तेस्रो घण्टाको अवधिमा १९६ ओटा कम्पनीको रू. ४ अर्ब १० करोड १७ लाख बराबरको शेयर खरीदविक्री भएको छ । उक्त कारोबार ३२ हजार ९०९ पटकको व्यापारमा भएको हो ।

कारोबारको तेस्रो घण्टामा एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था, शिवम् सिमेण्ट्स र विशाल बजार कम्पनीको शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनी, अजोड इन्स्योरेन्स, आँखुखोला हाइड्रोपावर र ङादी ग्रुप पावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

यस अवधिसम्म नेको इन्स्योरेन्सको संस्थापक शेयरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ४२ करोड २९ लाख बराबरको संस्थापक शेयरको कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १०० मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने तेस्रो कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार २७४ मा रू. २८ करोड ७३ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

तेस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये होटल्स समूहको परिसूचक शून्य दशमलव ४२ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । जसमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक सबैभन्दा बढी ७ दशमलव २५ प्रतिशतले बढेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्