ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चार महीनामा विदेशी वस्तुको घट्यो आयात, बढ्यो निर्यात        

२०७७ मंसिर, १०  
समाचार
Image Not Found

मंसिर १०, काठमाडौं। चालू आर्थिक वर्ष २०७७/ ७८ को पहिलो चार महीनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा भने वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चार महीनाको तथ्याङ्कअनुसार १० प्रतिशत आयातमा कमी आउँदा १० प्रतिशतले नै निर्यातमा वृद्धि भएको हो ।     
     
भन्सार विभागको तथ्याङ्कअनुसार चालू आवको पहिलो चार महीनाको अवधिमा रू.४ खर्ब २ अर्बको विदेशी वस्तुको आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १० दशमलव ६२ प्रतिशतले कमी हो । यसैगरी चार महीनाको अवधिमा रू. ४० अर्ब २० करोडको वस्तु निर्यात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा १० दशमलव ८१ प्रतिशतले बढी हो ।     
     
तथ्याङ्कानुसार चार महीनाको अवधिमा रू. ४ खर्ब ४२ अर्ब ६९ करोडको वैदेशिक व्यापारबाट नेपालले रू. ३ अर्ब ६२ करोड घाटा बेहोरेको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा १२ दशमलव ४९ प्रतिशत गिरावट हो ।

गत आवको सोही अवधिमा रू. ४ खर्ब ८६ अर्ब ५७ करोड बराबरको वैदेशिक व्यापार हुँदा रू. ४ खर्ब १४ अर्ब  बराबरको व्यापार घाटा थियो । गत आर्थिक वर्षको चैतदेखि घट्दो क्रममा रहेको नेपालको आयात व्यापार असोजमा एकै महीनामा v १ खर्ब १३ अर्बको वस्तु आयात भएकोमा कात्तिक महीनामा पुनः घटेको भन्सारले बताएको छ ।  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्