ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

६४ अंक बढेर नेप्से १८७४.८१ विन्दुमा, ६ अर्ब ८१ करोड ७७ लाखभन्दा बढीको शेयर खरीदविक्री

२०७७ मंसिर, १०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १०, काठमाडौं । बुधवार नेप्से परिसूचक ६४ दशमलव ७० अंक बढेर १ हजार ८७४ दशमलव ८२ विन्दुमा पुगेको छ । यस अवधिमा १९८ कम्पनीकोे रू. ६ अर्ब ८१ करोड ७७ लाख ७४ हजार ९९४ बराबरको शेयर खरीदविक्री भएको हो ।  

करोबारमा आएका १९८ ओटा कम्पनीहरु मध्ये १८ ओटा कम्पनीको शेयरमूल्य घटेको, १३ ओटा कम्पनीको शेयरमूल्य स्थिर रह्यो भने १४१ ओटा कम्पनीको शेयरमूल्य बढेको हो ।

कारोबारमा आएका १२ समूहहरुमध्ये होटल समूह बाहेक बाँकी समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी व्यापार समूहको परिसूचक ७ दशमलव ९३ प्रतिशत बढेको हो । 

एनएमबि लघुवित्त वित्तीय संस्था र विशाल बजार कम्पनीको शेयरमूल्य १० प्रतिशतका दरले वृद्धि भएको हो भने आठ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि भएको । 

नेपाल टेलिकमको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ९ दशमलव ९२ प्रतिशत, अजोड इन्स्योरेन्सको ९ दशमलव ९१ प्रतिशत, शिवम् सिमेण्टको ९ दशमलव ८० प्रतिशत, आँखुखोला जलविद्युत कम्पनीको ९ दशमलव ७७ प्रतिशत, ङादी ग्रुप पावरको ९ दशमलव ६८ प्रतिशत, शिवश्री हाइड्रोपावरको ९ दशमलव ६८ प्रतिशत र मल्टीपर्पस फाइनान्सको शेयरमूल्य ९ दशमलव ५ प्रतिशतका दरले वृद्धि भएको हो । 

त्यसैगरी, सर्वाधिक कारोबार गर्नेमा नेको इन्स्योरेन्सको संस्थापक शेयरको खरीदविक्री भएको छ । कम्पनीको रू. ४२ करोड २९ लाख ९८ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।

सर्वाधिक कारोबार गर्ने दोस्रोमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । कम्पनीको रू. ३६ करोड ७३ लाख ८४ हजार बराबरको शेयर खरीदविक्री भएको छ । 

नेप्से परिसूचक बढेसँगै ‘क’ वर्गको कम्पनीकोहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ९६ अंक बढेर ३६२ दशमलव ३३ विन्दुमा पुगेको छ । २०७३ साल साउन १२ गते नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा १ हजार ८८१ दशमलव ४५ विन्दुमा पुगेको थियो । अहिले ब्याजदर पनि कम भएको र अनलाइन कारोबारले बजार बढाएको लगानीकर्ताहरु बताउँछन् । 

सर्वाधिक करोबार गर्ने कम्पनीहरु :

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्