ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिभिल बैंक लिमिटेड ११ वर्षमा प्रवेश

२०७७ मंसिर, १०  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १०, काठमाडौं । सिभिल बैंक लिमिटेड बुधवार १० वर्ष पूरा गरी ११ वर्षमा प्रवेश गरेको छ । 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको लागि एक नयाँ नारा ‘म एक जिम्मेवार सिभिलियन’ सहित हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको महामारीलाई ध्यानमा राख्दै संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुको आयोजना गरी १०औं वार्षिकोत्सव मनाएको छ ।

कार्यक्रममा कोरोनाको उपचारार्थ आवश्यक पर्ने प्लाज्मा दान गर्न बैंकका कोरोना संक्रमण भई निको भएका कर्मचारीहरुबाट प्रतिवद्दता व्यक्त गरेका छन् । साथै, बैंकले ‘हाम्रो टिम नेपालसँग सहकार्य गरीे कोरोना महामारीको कारण रोजगारी गुमाएकारुका लागि टुडिखेलमा निःशुल्क १० छाक भोजनको प्रवन्ध आयोजना गर्ने भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्