ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तेस्रो वार्षिकोत्सवको अवसरमा रिलायन्स लाइफद्वारा रक्तदान 

२०७७ मंसिर, १०  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १०, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले तेस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । 

कम्पनीको कर्पोरेट कार्यालय सहित देशभर रहेका कार्यालय, शाखा/उप-शाखा गरी ११ ओटा स्थानमा सम्पन्न सो रक्तदान कार्यक्रममा जम्मा ३७९ जनाले रक्तदान गरेका थिए । 

हाल कोभिड-१९ बाट उत्पन्न विषम परिस्थितिमा चरम रक्त अभावलाई मध्यनजर गर्दै कम्पनीले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सो रक्तदान कार्यक्रम देशभर सञ्चालन गरेको हो । 

उक्त कार्यक्रममा कम्पनीका सञ्चालक, शेयरधनी, रिलायन्स साथी, संघ संस्थाका प्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्