काठमाडौं । नेपाल डिस्टिलरी प्रालिको उत्पादन खुकुरी रमले ‘लन्डन स्पिरिट प्रतियोगिता– २०२० को स्वर्ण पदकबाट सम्मानित भएको छ । नेपालको पहिलो डिस्टिलरीको रुपमा सन् १९५९ मा स्थापना भएको खुकुरी रमले पाएको यो सफलता पाएपछि अन्तर्राष्ट्रिय बजार विस्तारमा सहयोग पुग्ने कम्पनीको अपेक्षा छ । कम्पनीका अनुसार खुकुरी रम अहिले अमेरिकामा समेत निर्यात हुन थालेको छ । वेभरेज ट्रेड नेटवर्कद्वारा प्रदत्त यो अन्तर्राष्ट्रिय मान्यताले खुकुरी रमलाई अन्तर्राष्ट्रिय बजारमा लैजान थप सहज भएको कम्पनीका कार्यकारी निर्देशक केके चुरिवालाले बताए । हाल कम्पनीको उत्पादन खुकुरी रकम विश्वका १३ देशमा बिक्री हुने गरेको छ ।