काठमाडौं (अस) रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
कम्पनीको कर्पोरेट कार्यालयसहित देशभर रहेका क्षेत्रीय कार्यालय र शाखा÷उप–शाखा गरी ११ स्थानमा आयोजित कार्यक्रममा ३७९ जनाले रक्तदान गरेको जानकारी दिएको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिड–१९ बाट उत्पन्न विषम परिस्थितिमा देखिएको रगत अभाव कम गर्न रक्तदान गरिएको बताएको छ ।