ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पोखरा रंगशालाको ८५ प्रतिशत काम सम्पन्न

२०७७ मंसिर, १०  
गण्डकी प्रदेश
NA

कास्की । पोखरामा निर्माणाधीन अन्तरराष्ट्रियस्तरको फुटबल रंगशालाको हालसम्म ८५ प्रतिशत हाराहारीमा काम सकिएको छ । २०७६ असार मसान्तभित्र सम्पन्न गर्ने गरी आधुनिक र सुविधा सम्पन्न रंगशाला निर्माणका लागि २०७५ पुसमा सम्झौता भएकामा सोही वर्ष फागुनमा शिलान्यास गरिएको रंगशालाको काममा ढिलाइ भएको छ । सम्झौता भएको आर्थिक वर्षभित्र रंगशाला सम्पन्न गर्ने भनिएको थियो । तर यसबीचमा आयोजनाको हालसम्म चार पटक म्याद थप भए पनि कामले पूर्णता पाउन सकेको छैन ।

पछिल्लो पटक यही मङ्सिर मसान्तभित्र काम सम्पन्न गरेर रंगशाला हस्तान्तरण गर्नुपर्ने भए पनि अझै थप दुई÷तीन महीना समय लाग्ने देखिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इञ्जिनीयर प्रनिश ताम्राकारले बताए । गतवर्ष मङ्सिरमा पोखरामा सम्पन्न भएको १३औं साग अघि नै रंगशाला निर्माण गरिसक्नुपर्ने दोस्रो पटकको म्यादमा काम पूरा नभएपछि मैदान ‘कामचलाउ’ बनाएर सागको महिला फुटबल सोही रंगशालामा खेलाइएको थियो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्