ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

हस्तकला निर्यात ११ प्रतिशतले कमी

२०७७ मंसिर, १०  
१० वर्ष अघि
NA

यस वर्षको नौ महिनामा हस्तकला निर्यात ११ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २२ करोड २४ लाख रुपैयाँ बराबरको हस्तकलाका सामग्री निर्यात भएको छ । निर्यात घट्नुमा कमजोर औद्योगिक सुरक्षा, घट्दो विद्युत् आपूर्ति र हडतालजस्ता कारणहरू रहेका छन् । हस्तकलाका सामग्रीमध्ये पस्मिना उत्पादनको निर्यातमा मात्र ३७ प्रतिशतले कमी आएको छ । यसबाहेक अल्लो, ढाका, रेशम र सुतीका कपडाको निर्यात पनि उल्लेख्य मात्रामा घटेको नेपाल हस्तकला महासंघले जानकारी दिएको छ ।

ऊनीजन्य हस्तकला सामग्रीको भने निर्यात वृद्धि भएको  जानकारी हस्ता कला उद्योग महासंघका कामु महानिर्देशक दिलीप खनालले अभियानलाई दिए । गत वर्षको नौ महिनाको तुलनामा यस वर्ष ऊनीजन्य वस्तुको निर्यात ३१ प्रतिशतले बढेको छ । नेपाली हस्तकलाको नियौतमा सुधार ल्याउन हस्तकला सामग्रीको एकल प्रदर्शनी गर्ने महासंघले बताएको छ ।  
विद्यालय बन्दमा ३० लाख क्षति

अखिल क्रान्तिकारीले गरेको निजी विद्यालय बन्दले रू. ३० लाख बराबरको आर्थिक क्षति भएको विद्यालय सम्बद्ध व्यक्तिहरूले बताएका छन् । बन्दका बेला भएका झडपमा कम्प्युटर ल्याब, बस, लेखा शाखामा यस्तो क्षति भएको एन प्याब्सनकी अध्यक्ष गीता राणाले अभियानलाई जानकारी दिइन् ।

वर्ष ५, अंक ३५, २०६७, वैशाख २०–२६

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्