ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एडीबीको सहुलियत ऋण सहयोगमा शुक्लाफाँटामा आधुनिक सडक निर्माण शुरू

२०७७ मंसिर, १०  
सुदूरपश्चिम प्रदेश
NA

कञ्चनपुर । एशियाली विकास बैंक (एडीबी)को सहुलियत ऋण सहयोगमा क्षेत्रीय शहरी विकास अयोजनाअन्तर्गत शुक्लाफाँटा नगरपालिकामा आधुनिक सडक निर्माण अगाडि बढाइएको छ । आयोजना अन्तर्गत रू. २७ करोड ८७ लाख ८७ हजार ५६१ लागतमा ठेक्का प्रक्रियामार्फत तीनओटा सडक निर्माण हुन लागेको हो । सडक निर्माणका लागि रमण केएस जेभीसँग ठेक्का सम्झौता गरिएको छ । ठेक्का सम्झौता भएको पाँच महीनापछि सडक निर्माण हुन लागेको हो ।

आयोजना अन्तर्गत पिपलाडी क्षेत्रमा एक दशमलव चार किलोमिटर, झलारीको शान्तिपथबाट टोटीसम्म तीन किलोमिटर र झलारीकै सिसैया जाने सडक ३७० मिटर निर्माण गरिन लागेको ठेकेदार कम्पनीका इञ्जीनियर अमरसिंह ऐरले बताए । उनका अनुसार सडक निर्माणका लागि पहिलो चरणमा सडकको ‘साइड क्लिनिङ’को काम शुरू गरिएको छ । ‘साइड क्लिनिङ’को काम सकिएपछि सडक क्षेत्रमा पर्ने दायाँबायाँका भौतिक संरचना हटाउने कार्यसँगै सडक कालोपत्रको काम गरिनेछ । सडक निर्माणको काम ठेक्का सम्झौता भएको २० महीनाभित्र पूरा गर्नुपर्ने प्रावधान राखिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्