ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

हुलाकी सडक : ४५ महीनामा १४ किमी मात्र कालोपत्र

२०७७ मंसिर, १०  
सुदूरपश्चिम प्रदेश
NA

महेन्द्रनगर । कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने हुलाकी सडकको निर्माण सुस्त गतिमा अघि बढेको छ । २०७३ साल फागुनमा ३० महीनाभित्र निर्माण सक्नेगरी ६२ किलोमिटर हुलाकी सडक तीनओटा प्याकेजमा ठेक्का दिइएको भए पनि ४५ महीना बित्दा करीब १४ किमी मात्र कालोपत्र भएको छ ।

हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका सूचना अधिकृत इञ्जिनीयर पदमबहादुर मडैले निर्माण कम्पनीको लापरबाहीका कारण काममा ढिलाइ भएको बताए । तीनओटै प्याकेजमा गरेर ७० प्रतिशत काम सकिएको छ । डोकेबजारदेखि बलौरीसम्मको २० किलोमिटर र बेल्डाँडीदेखि दैजीसम्मको २२ किलोमिटर हुलाकी सडक निर्माणको जिम्मा शर्मा–राजेन्द्र जेभीले पाएको थियो । अन्तिम प्याकेज (बेल्डाँडीदेखि दैजीसम्म) को भाग शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्ने भएकाले रूख कटान प्रक्रिया कारण केही ढिलाइ भएको उनको भनाइ छ । त्यसैगरी, बीचमा पर्ने बेलौरीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर निर्माणको जिम्मा बाबा–हंश सिद्धिसाइँ जेभीले पाएको भए पनि निर्माणको गति भने सन्तोषजनक छैन ।    

रू. १ अर्ब ९ करोडभन्दा बढी लागतको उक्त आयोजना समयमा सम्पन्न नहुँदा दक्षिण क्षेत्रका नागरिकले भने सास्ती खेप्नु परेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्