ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

टरिगाउँ विमानस्थलमा इन्धन डिपो स्थापना गरिँदै

२०७७ मंसिर, १०  
प्रदेश ०५
Image Not Found
author avatar अभियान संवाददाता

दाङ । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा हवाई इन्धन डिपो स्थापना गरिने भएको छ । डिपोको स्थायी संरचना निर्माणका लागि ठाउँसमेत छनोट भइसकेकाले काम तत्काल शुरू हुने नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले जानकारी दिएका छन् ।

‘ट्यांकी र बाउजरको काम अघि बढिसकेको छ । जग्गामा कार्यालय लगायत संरचना निर्माण पनि केही दिनमै शुरू हुन्छ,’ उनले भने, ‘आउँदो वैशाखभित्र डिपो सञ्चालनमा ल्याउँछौं ।’

करीब रू. ६ करोड लगानीमा निर्माण हुन लागेको इन्धन डिपोमा दुईओटा ट्यांकी रहनेछन् । उक्त ट्यांकीको इन्धन भण्डारण क्षमता दैनिक तीनओटा उडानलाई १५ दिनसम्म पुग्ने रहने बताइएको छ । डिपो तत्काल सञ्चालन योग्य बनाउन ६ करोड रुपैयाँ लाग्ने भए पनि पूर्वाधारसहित सबै काम सम्पन्न गर्न करीब १० करोड रुपैयाँ लगानी आवश्यक पर्ने निर्देशक पौडेलले बताए ।

विमानस्थलको प्रवेशद्वारको दक्षिणपट्टि रहेको जग्गामा स्थापना गर्न लागिएको डिपोको काम अबको १५ दिनभित्र शुरू हुने बताइएको छ । डिपो स्थापनाका लागि ५ देखि ७ रोपनी जग्गा आवश्यक पर्नेछ । जग्गामा भएका बोट–बुट्यान र अन्य संरचना तुलसीपुर उपमहानगरपालिकाले हटाउने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले इन्धन डिपो स्थापना भएपछि रारा, पोखरा, भैरहवालगायत ठाउँमा उडान थप गर्न पहल गरिने बताएका छन् । टरिगाउँ विमानस्थलबाट हाल सातामा दुईपटक काठमाडौंका लागि मात्रै उडान हुँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्