ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आशा लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (बिहीवार, ११ मंसिर २०७७)

२०७७ मंसिर, १०  
लगानी कम्पनी विश्लेषण
Image Not Found

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९४ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

कम्पनीले चालू आवको पहिलो त्रैमासमा रु. ९ लाख ५३ हजार नोक्सानी बेहोरेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले रु. ९८ लाख १६ हजार मुनाफा कमाएको थियो ।

चुक्ता पुँजी रु. २६ करोड ७१ लाख रहेको कम्पनीले जगेडा कोषमा रु. ४ करोड ६० लाख सञ्चित गरेको छ । बुधबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ८८१ पुगेको हो ।

निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिन सेतो मारुबोजू बनेको छ । यस्तो मैनबत्तीले कम्पनीको शेयर मूल्य बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६६ दशमलव ९२ बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ८ दशमलव ४२ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ ।

यस्तो अवस्थामा जोखिम पनि कम र प्रतिफल पनि कमै प्राप्त हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखालाई १४ दिने औसत मूल्यरेखाले माथिबाट काटेर उकालो लागेको छ ।

हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बुधबारको शेयर मूल्य रु. ८८१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ८५८ मा टेवा पाउने र महँगिए रु. ८९४ मा प्रतिरोध पाउने देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्