मंसिर ११, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीवार सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मूल्य समायोजन गरेको छ ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले ८ प्रतिशत बोनस शेयरको समायोजनपछि कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २३२ तोेकेको छ । नेप्सेले अघिल्लो कारोबार दिन अर्थात बुधवारको अन्तिम कारोबार मूल्य रू. २५१ को आधारमा मूल्य समायोजन गरेको हो ।
कम्पनीले ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश पारित गर्न मंसिर २० गते १४औं वार्षिक साधारण सभा बोलाएको छ ।
हाल बैंकको चुक्तापूँजी रू. ९ अर्ब ८ करोड ९८ लाख १७ हजार रहेको छ ।