मंसिर ११, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १० दशमलव ५२६३१५७९० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२६३१५७९० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १ करोड रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांशको प्रस्ताव गरेको हो ।
सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरे पश्चात मात्र वितरण योग्य हुनेछ ।