ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१९१२.६९ विन्दुमा नेप्से परिसूचक, २ अर्बभन्दा बढीको शेयर कारोबार (१२ बजेको अपडेट)

२०७७ मंसिर, ११  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ११, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीवार पहिलो घण्टामा नेप्से परिसूचक ३७ दशमलव ८८ अंकले बढेर १ हजार ९१२ दशमलव ६९ विन्दुमा पुगेको छ । 

१ हजार ८९४ दशमलव ७९ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा २ दशमलव शून्य २ प्रतिशत बढेको छ ।

पहिलो घण्टाको अवधिमा १८६ ओटा कम्पनीको १७ हजार २४० पटकको कारोबारमा ३७ लाख ५७ हजार ४६ कित्ता शेयरको रू. २ अर्ब १ करोड ४५ लाख बराबरको खरीदविक्री भएको छ । 

पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये व्यापार र म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव ८४ र शून्य दशमलव ३३ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, विकास बैंक, होटल्स, जलविद्युत, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, वित्त, उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २६ करोड ४५ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ३६५ मा कारोबार भइरहेको छ ।

कारोबारको पहिलो घण्टामा एनएमबि माइक्रोफाइनान्सको वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशतले वृद्धि भएर प्रतिकित्ता शेयरमूल्य रू. १ हजार ८९ कायम भएको छ । त्यस्तै, आँखुखोला हाइड्रोपावर र विशाल बजार कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्